विवेकशील साझाले माघ अन्तिम साता महाधिवेशन गर्ने

काठमाडौं, १६ पुस । विवेकशील साझा पार्टीले आगामी माघ अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको छ ।
शुक्रबार र शनिबार तनहुँको बन्दीपुरमा भएको भेलाले माघ २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।
भेलाले १६ पुसदेखि लागू हुने गरी पार्टी केन्द्रीय समितिलाई महाअधिवेशन आयोजक समितिपमा रुपान्तरण समेत गरेको छ ।
भेलाले पार्टी निर्माणको विभिन्न भरणमा भूमिका परिर्वतन भएका, कारबाहीमा परेका, निष्क्रिय भएका सदस्यहरुलाई निःशर्त महाधिवेशनमा समेट्ने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


