अहिले तत्काल कुनै पार्टीसँग एकता हुँदैन : प्रदीप ज्ञवाली

काठमाडौं, १६ पुस । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एमालेको अहिले तत्काल कुनै पार्टीसँग एकता हुन नसक्ने बताएका छन् ।
उनले पार्टी विभाजनको औचित्य कुनै पनि ढंगले पुष्टि नहुने भन्दै गल्ती स्वीकार नभएसम्म माधवकुमार नेपालको पार्टीलाई स्वीकार गर्न नहुने समेत बताएका छन् ।
रिटर्नी फेडेरेसनको स्थापना दिवसमा आफ्नो धारणा राख्दै ज्ञवालीले त्यसअघि नेकपा विभाजनको बरु जस्टिफिकेसन हुन सके पनि नेकपा एमालेको विभाजन हुने सम्भावना नै नभएको बताएका हुन् ।
उनले यसअघि सामाजिक सन्जाल फेसबुकमा लेख्दै तत्काल इतिहासका घटनालाई बिर्सन नसकिने र बिर्सन नहुने बताएका थिए । यो पनि उनको नेपाललाई एमालेले राष्ट्रपति प्रस्तावित गरेको विषयबारे टिप्पणी थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


