जसपाले सरकारमा जाने/नजानेबारे राजनीतिक समितिबाट निर्णय गर्ने

काठमाडौं, १६ पुस । जनता समाजवादी पार्टीले सरकारमा जाने/नजानेबारे राजनीतिक समितिबाट निर्णय गर्ने भएको छ ।
शनिबार बसेको कार्यकारिणी समितिको बैठकले सोमबारदेखि सुरु हुने राजनीतिक समितिको बैठकको एजेण्डा तय गरेको हो ।
चुनावको समीक्षा, पछिल्लो राजनीतिक परिस्थिति, विधान अधिवेशन, सरकारको न्यूनतम साझा कार्यक्रम र पार्टीको सहभागिता तथा दलहरुसँग वार्ता गर्न समिति गठन गर्ने एजेण्डा तय भएको पार्टी प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
बैठकले निर्वाचनको समीक्षा गर्न शिवलाल थापा नेतृत्वको ३ सदस्यीय समिति समेत बनाएको छ । समितिलाई राजनीतिक समितिको बैठकले अनुमोदन गरेपछि काम सुरु हुने प्रवक्ता समुनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


