यो कार्यकालमा भाषणभन्दा बढी काम गर्ने सोच छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो पटकको यो कार्यकालमा भाषणभन्दा बढी काम गर्ने सोच रहेको बताएका छन् ।
चितवनको नारायणी नमुना विद्यालयको हिरक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
कुनैपनि राष्ट्र वा समाजको सभ्यता र संस्कृतिको आधारशिला भनेको शिक्षा नै भएको अथ्र्याउँदै उनले विकासलाई दिगोरुपमा अघि बढाउन लागि पर्ने बताए ।
‘हामी एउटा विशिष्ट परिस्थितिबाट अघि बढ्दैछौं । यो पटक मैले देशको पक्षमा, जनताको पक्षमा, सुशासन र विकासको पक्षमा काम गर्दै जाने र नेपाली जनताको आवश्यक्तालाई सम्बोधन गर्दै जाने प्रतिवद्धता लिएको छु,’ प्रचण्डले भने, ‘मैले बाँकी जीवन यसैका लागि समर्पित गर्ने भनेको छु ।’
उनले यो कार्यकाल आफू भाषण कम र काम धेरै गरेर प्रस्तुत हुने प्रतीक्षा गरेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


