अध्यक्ष नेपाललाई राष्ट्रपति बन्न कुनै प्रस्ताव नआएको प्रवक्ता खतिवडाको स्पष्टोक्ति

काठमाडौं, १६ पुस । नेकपा एकीकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बन्न कुनै प्रस्ताव नआएको बताएका छन् ।
अध्यक्ष नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेर नेकपा एमालेसँग एकता हुन लागेको हल्ला निराधार रहेको पनि उनले बताएका हुन् ।
पार्टी एकता वा विलय हुनेगरी कुनै रुचि आफ्नो पार्टीले नराखेको उनले बताए । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै खतिवडाले सो कुरा बताएका हुन् ।
पार्टी बैठकमा सरकारमा जाने वा नजाने विषयमा पनि छलफल भएको उनले बताए ।
बैठकमा महासचिव डा. बेदुराम भुसालले संगठनलाई अघि बढाउने खेल्नपर्ने भूमिकाको बारेमा चर्चा गरेको उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


