मापदण्डविपरीत खटिएका १९४ सुरक्षाकर्मी फिर्ता

काठमाडौं, १४ पुस । गृह मन्त्रालयको निर्देशनपछि मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता हुन थालेका छन् ।
बिहीबारसम्म नेपाल प्रहरीका १०३ र सशस्त्र प्रहरी बलका ९१ गरी जम्मा १९४ जना सुरक्षाकर्मी प्रहरी/सशस्त्र प्रहरी प्रधान कार्यालय, नक्सालमा हाजिर भएका हुन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कर्मचारी र सुरक्षाकर्मीको व्यक्तिगत सुरक्षामा मापदण्ड विपरित खटिएका प्रहरीलाई फिर्ता गरिएको हो ।
गृहमन्त्री रवि लामिछानेको सचिवालयले बुधबार विज्ञप्ति जारी गरेर बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाका लागि पाएको सुरक्षाकर्मीमा मापदण्ड विपरीत भए फिर्ता गर्न भनेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


