सन्दीप लामिछानेको निवेदनमा बिहीबार पनि सुनुवाइ हुन सकेन्

काठमाडौं, १४ पुस । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ ।
पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै सन्दीप लामिछानेले दिएको निवेदनमा बिहीबार सुनुवाइ हुन नसकेको हो ।
बिहीबार उच्च अदालत पाटनमा पुरावेदनको पेसी तोकिएको भए पनि न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो ।
लामिछानेविरुद्ध पीडित नाबालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
नाबालिका बलात्कारको आरोपमा लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले १८ कात्तिकमा पूर्पक्षका लागि थुनामा पठाएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


