कांग्रेस मधेस प्रदेशको संसदीय दलको नेतामा कृष्ण यादव निर्वाचित

जनकपुरधाम, १४ पुस । नेपाली कांग्रेस मधेस प्रदेशको संसदीय दलको नेतामा प्रदेश सभापति कृष्णप्रसाद यादव निर्वाचित भएका छन् ।
कृष्णले १८ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी रामसरोज यादवले ४ मत पाएका छन् । प्रदेशसभामा नेपाली कांग्रेसको प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी २२ सांसद छन् ।
आज दिउँसो ३ बजेदेखि जनकपुरधामस्थित कांग्रेसको प्रदेश पार्टी कार्यालयमा दलको नेता चयनका लागि मतदान भएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


