दक्षिण कोरियाको सुरुङमा आगलागी, ६ जनाको मृत्यु

एजेन्सी, १४ पुस । दक्षिण कोरियाको राजधानी सियोलबाट करिब २० किलोमिटर दक्षिणमा रहेको ग्वाचेओनमा रहेको दोस्रो ग्योन्गिन एक्सप्रेसवेको ध्वनि प्रतिरोधी सुरुङमा लागेको आगलागीमा परी ६ जनाको मृत्यु भएको सञ्चारमाध्यमले लेखेका छन् ।
स्थानीय समयानुसार बुधबार दिउँसो १ बजेर ४९ मिनेटमा आगलागी भएको हो । बस र ट्रकबीचको ठक्करपछि दुर्घटना हुँदा आगलागी भएको र सुरुङमा आगो फैलिएको हुनसक्ने अनुमान गरिएको छ ।
आगलागीबाट विषाक्त ग्यास निस्किएपछि यसबाट प्रभावित थप २० जनाको उपचार भइरहेको छ । दमकल अधिकारीहरूले आगो निभाउन करिब ५० दमकल र उपकरणका साथै करिब १४० दमकल परिचालन गरेका थिए । दिउँसो २ः४० बजे आगो लगभग नियन्त्रणमा आएको थियो ।
प्रहरी र दमकलले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान सुरू गरिसकेको बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


