प्रभु साहले नयाँ पार्टी घोषणा गर्दै

काठमाडौं, १४ पुस । स्वतन्त्र प्रतिनिधिसभा सांसद प्रभु साहले नयाँ पार्टी घोषणा गर्दैछन् । पार्टी घोषणाको कार्यक्रमअघि उनले आफ्नो समूहका नेताहरूबीच छलफल गरिरहेका छन् ।
नयाँ पार्टीबारे जानकारी दिन साहले आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् । पत्रकार सम्मेलन बिजुली बजारस्थित क्रिस्टल प्यालेसमा बिहीबार दिउँसो ३ बजे आयोजना गरिएको छ ।
साह गत ४ मंसिरको निर्वाचनमा नेकपा एमाले छाडेर रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


