जनकपुरधाम, १४ पुस । नेपाली कांग्रेस मधेस प्रदेशको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुन लागेको छ ।

कांग्रेसको संसदीय दलको नेता चयनमा सहमति हुन नसकेपछि आज दिउँसो ३ देखी ४ बजेसम्म निर्वाचन हुन लागेको हो ।

संसदीय दलको नेताका लागि कांग्रेस मधेस प्रदेशका अध्यक्ष कृष्ण यादवले उम्मेदवारीसमेत दर्ता गराइसकेका छन् ।

संसदीय दलको नेताका लागि पूर्वभौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पनि उम्मेदवारी दर्ता गराउने कांग्रेसका एक नेताले जानकारी दिए ।