सर्लाही–३ (क) बाट स्वतन्त्र निर्वाचित कुशवाहा माओवादीमा प्रवेश

जनकपुरधाम, १४ पुस । मधेस प्रदेशसभामा सर्लाही–३ (क) बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य जवाहरलाल कुशवाहा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
कुशवाहालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् ।
अब मधेस प्रदेशसभामा माओवादी केन्द्रका सांसदको संख्या ९ पुगेको छ । प्रदेशसभामा लोसपाका पनि ९ जना सांसद छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


