मधेस प्रदेशका ३८ सांसदले आ–आफ्नो मातृभाषामा र अन्यले नेपालीमा शपथ लिने

जनकपुरधाम, १४ पुस । मधेस प्रदेशसभा सदस्यहरुले शुक्रबार दिउँसो २ बजे शपथ लिंदैछन् ।
प्रदेश संसद सचिवालयका सचिव रञ्जित यादवका अनुसार नेपाली बाहेकका भाषामा शपथ लिन चाहने प्रदेशसभा सदस्यहरुका लागि बुधबार साँझ ५ बजेसम्म निवेदन दिन भनिएको थियो ।
बुधबार बेलुकीसम्म जनमत पार्टीबाट प्रत्यक्ष निर्वाचित ६ र समानुपातिक ७ गरी १३ जना प्रदेशसभा सदस्यहरुबाहेक अन्यले उर्दुदेखि नेपालीसम्मका ८ भाषामा शपथ लिन चाहेको निवेदन दिएका हुन् ।
जसअनुसार सप्तरी–१ (क) बाट प्रत्यक्ष निर्वाचित नेकपा एमालेका राजकुमार लेखी, सिरहा–१ (क) बाट निर्वाचित राजेन्द्र प्रसाद चौधरी र बारा–४ (क) बाट निर्वाचित देवनारायण थारुसहित ३ जनाले थारु भषामा शपथ लिने संसद सचिवालयले जनाएको छ ।
त्यस्तै, महोत्तरी ३ (क) बाट प्रत्यक्ष निर्वाचित लोसपाका अभिराम शर्मा, सर्लाही–१ बाट निर्वाचित लोसपाका उपेन्द्र महतो, रौतहट–१ (ख) बाट निर्वाचित कांग्रेसका कृष्ण कुमार यादव, सर्लाही–२ (ख) बाट निर्वाचित कांग्रेसका कौशल किशोर राय, सर्लाही–२ (क) बाट निर्वाचित कांग्रेसका जंगीलाल राय, रौतहट–१ (क) बाट निर्वाचित कांग्रेसका नागेन्द्र साह, लोसपाका समानुपातिक सांसद रमिता प्रधान र रुपा कुमारी यादव, महोत्तरी–३ (ख) बाट प्रत्यक्ष निर्वाचित लोसपाका रानी कुमारी तिवारी, सर्लाही–४ (क) बाट निर्वाचित कांग्रेसका बीरेन्द्र कुमार सिंह, नेपाली कांग्रेसका समानुपातिक सांसद सकुन्ती देवी महरा, जसपाका समानुपातिक सांसद शोभा देवी र सर्लाही–३ (ख) बाट प्रत्यक्ष निर्वाचित जसपाका संजय कुमार यादवसहित १३ जनाले बज्जिका भाषामा शपथ लिने भएका छन् ।
भोजपुरी भाषामा भने जसपाका समानुपातिक सांसद शाहिदा खातुन, बारा–२ (ख) बाट निर्वाचित जसपाका बच्चा राउत अहिर, पर्सा–२ (ख) बाट निर्वाचित लोसपाका रमेश प्रसाद कुर्मी, नेकपा माओवादी केन्द्रका समानुपातिका सांसद शारदा पहाडी, रौतहट–४ (ख) बाट निर्वाचित जसपाका शेख अबुकलाम अजाद, बारा–१ (ख) बाट निर्वाचित जसपाका सरोज कुमार यादव र पर्सा–४ (ख) बाट निर्वाचित जसपाका सिंगासन सा कलवारसहित ७ जनाले शपथ लिने संसद सचिवालयले जनाएको छ ।
त्यस्तै, महोत्तरी–१ (ख) बाट निर्वाचित माओवादी केन्द्रका भरत प्रसाद साह र महोत्तरी–४ (ख) बाट निर्वाचित जसपाका सरोज कुमार सिंहसहित दुईजनाले मगहि भाषामा शपथ लिने भएका छन् ।
बारा–४ (ख) बाट निर्वाचित लोसपाका जितेन्द्र सोनल र महोत्तरी–२ (ख) बाट स्वतन्त्र निर्वाचित सुरिता कुमारी साहले हिन्दी भाषामा शपथ लिने सचिव यादवले जानकारी दिए ।
मैथिली भाषामा भने धनुषा–२ (ख) बाट निर्वाचित जसपाका रामअशिष यादव र सिरहा–१ (ख) बाट निर्वाचित राजकुमार गुप्ता तथा धनुषा–१ (ख) बाट निर्वाचित नेकपा एमालेका रामचन्द्र मण्डल, धनुषा–३ (क) बाट निर्वाचित कांग्रेसका रामसरोज यादव, धनुषा–४ (क) बाट निर्वाचित कांग्रेसका शेषनारायण यादव, जसपाका समानुपातिक सांसदहरु मनिषकुमार सुमन, किरणकुमारी साह र ममता देवी मण्डल, कांग्रेसका समानुपातिक सांसद कुमार कान्त झा र जीवछीकुमारी यादवसहित १० जनाले शपथ लिने भएका छन् ।
नेपाल संघीय समाजवादी पार्टीबाट समानुपातिक सांसद बनेकी विमला अन्सारी तरुन्नुमले भने उर्दु भाषामा शपथ लिने सचिव यादवले जानकारी दिएका छन् ।
यता, जनमत पार्टीका प्रत्यक्ष निर्वाचित सकिय मियाँ, सतिश कुमार सिंह, महेश प्रसाद यादव, शम्भु कुमार साह, सञ्जयकुमार यादव र त्रिभुवन साहसहित समानुपातिक सांसदहरु बबिताकुमारी राउत इसर, अनिताकुमारी साह, चन्दन कुमार सिंह, बसन्त कुमार कुशवाहा, रञ्जुकुमारी मण्डल खंग, हसिना खातुन र भाग्यश्री कुमारी चौधरीले संसद सचिवालयमा आ–आफ्नो मातृभाषा सम्बन्धमा निवेदन नै दिएका छैनन् ।
जबकी प्रदेशसभाका सदस्यहरुलाई आ–आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको ब्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (२) बमोजिम ३ दिन अगावै प्रदेशसभा सचिवालयमा उपलब्ध गराउन सूचितसमेत गरिएको थियो ।
यता, नेकपा एमालेका प्रत्यक्ष निर्वाचित शत्रुधन प्रसाद सिंह, मनोज कुमार सिंह, लखन दास तत्मा, दिपेन्द्र कुमार ठाकुर, सरोज कुमार यादव, मो. जैद आलम, त्रिलोकी प्रसाद, रविन्द्र दास श्रेष्ठ, महम्मद समीर, शारदा देवी थापा, हरिनारायण महतो र समानुपातिक सांसदहरु जयचन्द्र प्रसाद पटेल, पल्टीदेवी यादव, फुलोकुमारी देवी, विनादेवी शर्मा, शिला यादव, पल्टीदेवी महरा, नाजिमा खातुन र मञ्जुकुमारी थापा मगरले नेपाली भाषामा शपथ लिने बताइएको छ ।
त्यस्तै, नेपाली कांग्रेसका प्रत्यक्ष निर्वाचित मोहम्मद समीम, संजय कुमार महतो, सुनिल कुमार यादव, श्याम प्रसाद पटेल, जर्नादन सिंह क्षेत्री र शंकर प्रसाद चौधरी तथा समानुपातिक सांसदहरु रेखा ठाकुर, इन्दुकुमारी साह, अञ्जना पण्डित, सकुन्ती देवी महरा, नीलमकुमारी रजक, नुरुन नेसा एवम् मीनाकुमारी लामाले पनि नेपालीमै शपथ लिने सचिवालयले जनाएको छ ।
यता, जसपाका प्रत्यक्ष निर्वाचित संजय कुमार यादव, लालबाबु राउत तथा समानुपातिक तर्फका सांसदहरु विन्दुकुमारी यादव र ललिता दासले पनि नेपाली भाषामा शपथ लिने भएका छन् ।
त्यस्तै, लोसपाका प्रत्यक्ष निर्वाचित रामबाबु यादव र जयनुल राइन तथा नेकपा एकीकृत समाजवादी पार्टीबाट प्रत्यक्ष निर्वाचित गोवीन्द बहादुर न्यौपाने, प्रमोद कुमार यादव, बेची लुंगेली र कनिश पटेल एवम् समानुपातिक सांसदहरु रत्नेश्वर गोइत यादव, लक्ष्मी देवी र किशोरी देवीले पनि नेपालीमै शपथ लिने भएका छन् ।
नेकपा माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित फकिरा महतो, युवराज भट्टराई र रहबर अंसारी तथा समानुपातिक सांसदहरु माला कर्ण, सुनिता यादव र मो. रजी हैदरले नेपाली भाषामा शपथ लिने बताइएको छ ।
त्यस्तै, सप्तरी–४ (ख) बाट अनिरुद्ध कुमार सिंह, सर्लाही–३ (क) बाट जवाहर लाल कुशवाहा, रौतहट–३ (क) बाट केशव राय, पर्सा–३ (क) बाट प्रमोद कुमार जयसवाल र बारा–२ (क) बाट स्वतन्त्र निर्वाचित सांसदहरु शारदा शंकर प्रसाद कलवारले नेपालीमै शपथ लिने भएका छन् ।
यता, राप्रपाका समानुपातिक सांसद कञ्चन बिच्छा र नागरिक उन्मुक्ति पार्टीका रामचन्द्र चौधरीले पनि नेपाली भाषामै शपथ लिने बताइएको छ ।
संसद सचिवालयले शपथग्रहण कार्यक्रममा उपस्थित हुनुअघि निर्वाचन आयोगबाट प्राप्त प्रदेशसभा सदस्यको प्रमाण पत्र (सक्कल तथा एकप्रति प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवं हालसालैको पासपोर्ट साइजको फोटो दुईप्रति सहित दुई घण्टा अगावै राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थितिको लागि प्रदेशसभा सदस्यहरुलाई अनुरोध गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


