गृहमन्त्री लामिछानेले गरे राहदानी विभागको अनुगमन

काठमाडौं, १३ पुस । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको अनुगमन गरेका छन् ।
गृहमन्त्री लामिछानेले बुधबार अपरान्ह त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमन गरेका हुन् ।
राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको आलोचना भइरहेका बेला लामिछानेले विभागको अनुगमनमा गरेका छन् ।
उनी सञ्चारकर्मी हुँदासमेत राहदानी बनाउने कार्यमा सेवाग्राहीले पाएको सास्तीबारे पटक पटक आवाज उठाउँदै आएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


