काठमाडौं, १३ पुस । पूर्वगृहमन्त्री बालकृष्ण खाँणले जाँदाजाँदै चार जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेर गएका छन् ।

गृहमन्त्रीको कार्यकाल पुरा गरेर हिँडनेबेला खाँणले प्रजिअहरु हेरफेर गरेका हुन् ।

आफ्ना सुरक्षा सल्लाहकार सुनील खनालका पत्नी सुप्रभा ढुंगेललाई उनले मनाङको प्रजिअमा सरुवा गरेका छन् भने गृह मन्त्रालयमा कार्यरत वसन्त भट्टराईलाई सोलुखुम्बुको सीडीओ बनाइएको छ ।

त्यस्तै, रसुवामा प्रकाशचन्द्र अधिकारी र बाजुरामा पुष्कर खड्कालाई सरुवा गरिएको छ ।

गृह मन्त्रालयका अधिकारीहरूका अनुसार मनाङका रवीन्द्र आचार्यलाई काठमाडौंको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।