काठमाडौं, १३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जाने निर्णय गरेको छ ।

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राप्रपा सरकारमा जाने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई यसअघि नै समर्थन गर्ने निर्णय गरेको राप्रपा सरकारमा सहभागी हुनेबारेमा अनिर्णित थियो । तर, बुधबारको बैठकमा सहभागी अधिकांश नेताले सरकारमा जानुपर्ने सुझाव दिएसँगै पार्टी सरकारमा जाने निर्णय गरेको एक नेताले जानकारी दिए ।

बैठकमा निर्देशन समिति गठन, लेवी र सांसदको स्वकीय सचिव नियुक्ति, पार्टी हित विपरीत गतिविधि गर्नेलाई कारबाहीलगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।