सरकारको महान्यायाधिवक्तामा डा. दिनमणी पोखरेल नियुक्त

काठमाडौं, १३ पुस । नेपाल सरकारको महान्यायाधिवक्तामा अधिवक्ता डा. दिनमणी पोखरेल नियुक्त भएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पोखरेललाई नियुक्त गरेकी हुन् ।
प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर–४ बस्ने पोखरेललाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपतिले पोखरेललाई नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।
उनलाई संविधानको धारा १५७ को उपधारा २ बमोजिम राष्ट्रपतिले नियुक्त गरेकी हुन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


