जनकपुरधाम, १३ पुस । जनता समाजवादी पार्टी नेपालको चुनावी समिक्षा बैठक जनकपुरधाममा सुरु भएको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा पार्टीको चुनावी समिक्षा बैठक सुरु भएको हो ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदको निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरेर चुनाव लडेको जसपाले विभिन्न स्थानमा पराजय भोगेको छ ।

सोही विषयमा जसपाको प्रदेश पार्टी कार्यालयमा छलफल सुरु भएको हो । दुई दिनसम्म चल्ने बैठकको दोस्रोदिन बिहीबार मधेस प्रदेशको संसदीय दलको नेतासमेत चयन हुनेछ ।

बैठकमा पार्टीका केन्द्रीय अध्यक्ष यादवसँगै मधेस सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, कृषिमन्त्री विजय यादव, सुरेश यादव, योगेन्द्र राय यादव, जितेन्द्र यादव लगायतका नेताहरु उपस्थित छन् ।