जसपा संसदीय दलको नेतामा रामसहाय निर्विरोध

काठमाडौं, १३ पुस । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध चयन भएका छन् ।
संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले दाबी गर्दै आएका थिए ।
अन्तिममा यादवको मात्रै मनोनयन दर्ता भएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


