कांग्रेस सांसद गुरुङ प्रतिनिधिसभा बैठकमा भाग लिन नपाउने

काठमाडौं, १२ पुस । नेपाली कांग्रेसका सांसद टेक प्रसाद गुरुङले प्रतिनिधिसभा बैठकमा भाग लिन नपाउने भएका छन् । भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले उनी निलम्बनमा परेका हुन् ।
संघीय संसद सचिवालयले मंगलबार एक सूचना जारी गरी गुरुङविरुद्ध भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले स्वतः निलम्बनमा रहेको जानकारी दिएको छ ।
यसअघि गुरुङले प्रतिनिधिसभा सदस्यको हैसियतमा पद तथा गोपनीयताको शपथ भने लिएका थिए । गुरुङ नेपाली कांग्रेसको तर्फबाट मनाङबाट निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


