विराटनगर, १२ पुस । प्रदेश–१ कांग्रेस संसदीय दलको नेता चयन गर्न १५ पुसमा मतदान हुने भएको छ ।

प्रदेश निर्वाचन समितिले सूचना जारी गर्दै १५ पुस बिहान ९ देखि १० बजेसम्म मतदानको समय तोकिएको जनाएको हो ।

१४ पुस बिहान ९ बजे मतदाता नामावली सार्वजनिक गर्ने सोही दिन बिहान साढे ११ बजे अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन कार्यतालिका छ ।

१४ पुसमा १२ः३० देखि १ः३० सम्म उम्मेदवारी दर्ता गरिने र सोही दिन अपरान्ह ४ बजेसम्म उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरिने छ ।