एजेन्सी, १२ पुस । दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाकका साथै केही अन्य राजनीतिज्ञ र पूर्वसरकारी अधिकारीको जेल सजाय मिनहा गरिएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्दै मंगलबार पूर्वराष्ट्रपति ली म्युङ–बाकसहितका ती अधिकारीको जेल सजायँलाई ‘विशेष परिस्थिति’ मिनहा गरिदिएका हुन् ।

सन् २०१३ को फेब्रुअरीसम्म पाँच वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हालेका लीलाई सन् २०२० को अक्टोबरमा अनियमितता गरेको अभियोगमा १७ वर्षको जेल सजाय सुनाइएको थियो ।

बुधबारदेखि लागू हुने गरी जेल जीवनलाई ‘विशेष मिनहा’ गरी बाँकी १५ वर्षको जेल सजायबाट छुट दिइनेछ । गत मे महिनामा पदभार ग्रहण गरेयता युनले राष्ट्रपतिका रूपमा दोस्रोपटक पूर्व सरकारी अधिकारीहरूलाई क्षमादान दिएका हुन् ।