काठमाडौं, १२ पुस । जनता समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ ।

तर, जसपा आफैं सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा अहिलेसम्म टुंगो लागेको छैन ।

सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा छलफल गर्न जसपाले बैठक बोलाएको छ ।

संसदीय दलको नेता चयनको प्रक्रिया पूरा गर्दै १८ र १९ पुसमा राजनीतिक समितिको बैठक बसेर यसबारे टुंगो लगाउने जसपाले जनाएको छ ।

प्रतिनिधिसभामा जसपाका १२ सांसद छन् ।