मन्त्रीहरूलाई जनताप्रति उत्तरदायी भएर काम गर्न ओलीको निर्देशन

काठमाडौं, १२ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरूलाई जनताप्रति उत्तरदायी भएर काम गर्न निर्देशन दिएका छन् ।
मंगलबार बिहान आफ्नो निवास बालकोटमा बोलाएर उनले एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूलाई सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न निर्देशन दिएका हुन् ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, बिना विभागीय मन्त्रीहरू दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्रकुमार राई बालकोट पुगेका थिए । उनीहरूले सोमबार मन्त्री पदको शपथग्रहण गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


