काठमाडौं, ११ पुस । राष्ट्रपतिमा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको सम्भावना देखिएको छ । उनले आफू पाँचपटक सभामुख भइसकेकाले फेरि सोही पदमा नजाने बताएका छन् ।

पाँचपटक सभामुख, दुईपटक संविधानसभाको अध्यक्ष भइसकेकाले अब मन्त्री वा उपप्रधानमन्त्रीमा नजाने उनको भनाइ छ । प्रधानमन्त्री वा राष्ट्रपतिबाहेक अन्यत्र जाने अवस्था नभएको बताउँदै उनले भनेका छन्, त्यसो भयो भने पदप्रतिको मोह देखाउनु हुन्छ ।’

राष्ट्रपतिबारे पार्टीभित्र छलफल भइरहेको र पार्टीले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने उनको भनाइ छ । राष्ट्रपतिमा नेम्वाङसँगै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पनि चर्चा छ ।