गृहमन्त्री लामिछानेविरुद्ध नाराबाजी गर्ने तीनजना पक्राउ

काठमाडौं, ११ पुस । गृहमन्त्री रवि लामिछानेविरुद्ध नाराबाजी गर्ने तीनजना पक्राउ परेका छन् । राष्ट्रपति भवन शीतल निवास अगाडिबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भुवन भट्ट, मनीष रायमाझी र विक्रम आदित्य सिंह छन् । राष्ट्रपति भवनमा शपथ ग्रहण चलिरहँदा नागरिकता विवादका बीच उपप्रधान तथा गृहमन्त्रीमा नियुक्ति गरेको भन्दै उनीहरूले नाराबाजी गरेका हुन् ।
पक्राउ पर्नेहरू नेविसंघका कार्यकर्ता हुन् । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


