प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौं, ११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन् ।
उपप्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, नेकपा एमालेका विष्णु पौडेल र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ रहेका छन् । लामिछानेले गृह, पौडेलले अर्थ र श्रेष्ठले भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्नेछन् ।

मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरुको कार्यभार पछि तोकिनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


