काठमाडौं, ११ पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको नाममा पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सोमबार अपराह्न पद तथा गोपनियताको शपथ लिएका हुन् ।

यसअघि २०६५ सालमा पहिलो पटक र २०७३ सालमा दोस्रो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले सर्ट पाइन्ट, कोट, टोपी लगाएका थिए ।

प्रधानमन्त्रीको शपथ खाएका प्रचण्डले तेस्रो शपथ भने दौरा सुरुवालमा खाएका हुन ।

राष्ट्रपति भण्डारीले प्रचण्डलाई आइतबार संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।