प्रदेश १ मा ६ जना सांसदले लिए मातृभाषामा शपथ

काठमाडौं, ११ पुस । प्रदेश १ मा प्रदेशसभा सांसदहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।
प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाइँले सांसदहरुलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।
सो क्रममा ६ जना सांसदले मातृभाषामा शपथ लिएका छन् भने सांसद सुनिता चौधरीले थारू भाषामा शपथ लिएकी छन् ।
उक्त समारोहमा आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका पाँचथर १(१) बाट दोस्रो पटक निर्वाचित सांसद माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, इलाम १(१) बाट निर्वाचित पर्यटन तथा संस्कृतिमन्त्री नेकपा (एकीकृत समाजवादी) की खिनु लङ्वा लिम्बू, नेकपा (एकीकृत समाजवादी) का पाँचथर १ (१) बाट निर्वाचित कमलप्रसाद जबेगु, कांग्रेसका ताप्लेजुङ् १(२)बाट निर्वाचित खगेनसिंह हाङ्गाम र जनता समाजवादी पार्टीकी निर्मला लिम्बूले मातृभाषा याक्थुङ लिम्बू भाषामा सपथ लिने प्रदेशसभा सचिवालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


