नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा सहभागी नहुने

काठमाडौं, ११ पुस । नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा सहभागी नहुने भएको छ ।
डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीसँग प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पार्टीका शीर्ष नेताहरूको छलफलपछि नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरे पनि पार्टी तत्काल सरकारमा नजाने निर्णय गरिएको पार्टीका प्रवक्ता दामोदर पण्डितले जानकारी दिए ।
सरकारमा सहभागी हुन सरकारसमक्ष पार्टीले तीन सर्त राखेको छ । नागरिक उन्मुक्ति पार्टीले सर्तको रूपमा रेशम चौधरीलगायतको रिहाइ हुनुपर्ने, टीकापुर घटनापछि गिरिशचन्द्र लाल नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र झुटा मुद्दाहरू खारेज हुनुपर्ने माग राखेको छ ।
आइतबार बालकोट बैठकमा केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले पनि तीनबुँदे माग राखेकी थिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


