नेपाल टी–२० लिगमा जनकपुर रोयल्सको विजयी शुरुवात

काठमाडौं, १० पुस । नेपाल टी–२० लिगमा जनकपुर रोयल्सले विजयी शुरुवात गरेको छ । टियू क्रिकेट मैदानमा आइतबार भएको खेलमा जनकपुर रोयल्सले पोखरा एभेन्जर्सलाई ५ विकेटले पराजित गरेको हो ।
पोखराले दिएको १३९ रनको लक्ष्य पछ्याउँदै जनकपुर रोयल्सले १७.४ ओभरमा ५ विकेट गुमाउँदै जीत हासिल गरेको छ । जनकपुरका लागि सन्दिप जोराले ३० बलमा ४० रनको योगदान दिए ।
पोखराका लागि जाहिर खानले ३ विकेट लिएका छन् ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १९.४ ओभरमा सबै विकेट गुमाएर १३८ रन बनाएको थियो ।
पोखराका लागि आसिफ शेखले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


