सत्ता गठबन्धन अकस्मात् भत्केपछि नेकपा एस अलमलमा

काठमाडौं, १० पुस । राजनीतिक घटनाक्रम फेरिएर सत्ता गठबन्धन अकस्मात् भत्केपछि नेकपा एकीकृत समाजवादी पार्टी अलमलमा परेको छ ।
एमाले–माओवादीसहित ७ दलको नयाँ सरकार गठन प्रक्रियामा सहभागी नभएको एकीकृत समाजवादी आगामी यात्राबारे अलमलमा परेको हो ।
पार्टीको केन्द्रीय सचिवालयको बैठकमा समग्र अवस्थाबारे छलफल भएपछि परिस्थितिको सूक्ष्म अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरी ध्यानमा राखेर अगाडि बढ्ने निर्णय भएको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।
एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभामा १० सिट जितेको छ भने थ्रेस होल्ड नकटाउँदा राष्ट्रिय पार्टी बनेको छैन । माओवादीसँगै समाजवादी एमालेसँग सहकार्य गर्न तयार नहुँदा एक्लिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


