पाँचदलीय गठबन्धन भत्किएर सातदलीय गठबन्धनको सरकार बन्ने निश्चित

काठमाडौं, १० पुस । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई दिएको समय सकिएको छ ।
प्रधानमन्त्रीमा दाबी पेस गर्न राष्ट्रपति भण्डारीले दललाई दिएको समयसीमा आइतबार साँझ ५ बजे सकिएको हो ।
संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिले दिएको समयसीमा समाप्त भएको छ ।
नयाँ सरकार गठनका लागि सत्ता गठबन्धन भत्किएसँगै प्रचण्डको नेतृत्वमा नेकपा एमालेसहितको सरकार बन्ने निश्चित भएको हो ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायतका दलहरु मिलेर नयाँ सरकार बन्ने निश्चित भएको छ ।
पहिले सरकारको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले गर्ने र साढे दुई वर्षपछि एमालेले गर्ने सहमति भएको छ । त्यस्तै, एमालेले अहिले नै राष्ट्रपति र सभामुख पाउने पनि सहमति भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


