प्रधानमन्त्रीमा प्रचण्डलाई १६६ सांसदको समर्थन

काठमाडौं, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा १६६ सांसदको समर्थन रहने भएको छ ।
अध्यक्ष प्रचण्डले एमालेसहित सातवटा राजनीतिक दलको समर्थन प्राप्त गर्ने भएका हुन् ।
उनले नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीको समर्थन पाएका छन् ।
प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टी १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्ति पार्टीको ४ सिट रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


