प्रचण्डलाई प्रधानमन्त्री, राष्ट्रपति र सभामुख एमालेलाई

काठमाडौं, १० पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको आगामी सत्ता साझेदारीबारे सहमति निस्किएको छ ।
सहमतिअनुसार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायतका दलहरु मिलेर नयाँ सरकार बन्ने भएको हो ।
स्रोतका अनुसार यसलाई आलोपालो सरकारको नेतृत्व गर्ने गरि सहमति गरिएको छ ।
पहिले सरकारको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले गर्ने र साढे दुई वर्षपछि एमालेले गर्ने सहमति भएको छ । त्यस्तै, एमालेले अहिले नै राष्ट्रपति र सभामुख पाउने पनि सहमति भएको छ ।
पाँच दल सम्मिलित सरकारको विषयमा थप छलफलबाट निर्णय हुने जनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


