बलराका मेयर कुशवाहाले चलाएको सरकारी गाडी पोलमा ठोक्कियो

जनकपुरधाम, १० पुस । सर्लाहीको बलरा नगरपालिकाका मेयर सवार सरकारी गाडी पोलसँग ठोक्किएको छ ।
नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहा सवार ना. १ झ १६२० नम्बरको सरकारी गाडी सोही पालिकाको वडा नम्बर–४ मा ठोक्किएको हो ।
नगरप्रमुख कुशवाहा आफैंले सो गाडी चलाइहेको बेला पोलसँग ठोक्किएर दुर्घटनामा परेको बताइएको छ ।
बलरा नगरपालिका–४ मा उनी सवार गाडी अनियन्त्रित भएर पोलसँग ठोक्किएको हो । स्थानीयका अनुसार मेयर कुशवाहाले गाडी चलाउन नजानेपनि जर्बजस्ती चलाउन खोज्दा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेको सो सरकारी गाडीको अगाडिको भागमा क्षति पुगेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


