नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आइतबार सकिँदै

काठमाडौं, ९ पुस । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई दिएको समय आइतबार सकिँदैछ ।
प्रधानमन्त्रीमा दाबी पेस गर्न राष्ट्रपति भण्डारीले दललाई दिएको समयसीमा सकिन लाग्दा दलहरुबीच छलफल जारी रहेको छ ।
सत्ता गठबन्धनमा कसको नेतृत्वमा सरकार बन्ने भन्नेमा कुरा मिलिसकेको छैन । आज पनि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोही विषयमा छलफल भएको छ ।
प्रचण्डले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्दै आएपनि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने प्रचण्डको दाबी माथि सकारात्मक देखिएका छैनन् ।
शुक्रबार वालुवाटारमा प्रचण्डसँगको छलफलमा देउवाले प्रधानमन्त्री पदमा प्रचण्डलाई सघाउने प्रतिबद्धता जनाउन सक्ने अवस्था नरहेको बताएका थिए । छलफलका क्रममा देउवाले आफूले नै पहिलो कार्यकाल नेतृत्व गर्न पाउनुपर्ने बताएका छन् ।
नयाँ सरकार आफ्नो नेतृत्वमा गठन गर्न दलहरुले छलफललाई तीव्र पारेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


