पाकिस्तानमा आत्मघाती आक्रमण : एक प्रहरीसहित तीनजनाको मृत्यु

एजेन्सी, ८ पुस । पाकिस्तानको राजधानी इस्लामाबादमा आत्मघाती आक्रमणमा एक प्रहरी र आक्रमणकारीसहित तीनजनाको मृत्यु भएको छ ।
विस्फोटमा परेर ६ जना घाइते भएका छन् । प्रहरीले शंकास्पद ट्याक्सीलाई चेकजाँचका लागि रोक्दा इस्लामावादको आई–१४ सेक्टरमा यो घटना भएको हो ।
त्यहाँका डिआइजी सोहेल जफर चट्टाले जेकजाँच चलिरहेको बेला ट्याक्सीमा सवार एक जनाले विस्फोट गरेका थिए ।
विस्फोटमा एक महिला र आक्रमणकारी तथा चेकजाँच गरिरहेका एक प्रहरीको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले घटनाको निन्दा गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


