बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

हेटौंडा, ८ पुस । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले पदबाट राजीनामा दिएका छन् ।
मुख्यमन्त्री पदमै रहेका पाण्डेले बिहिबार संघीय संसदको सपथ खाएपछि सर्वत्र आलोचनामा परेपछि शुक्रबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएका हुन् ।
पाण्डेले २०७८ कार्तिक ११ गते प्रदेशको मुख्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए । पाण्डे नेकपा एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्षसमेत छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


