यादव र राईले लिए शपथ

काठमाडौं, ८ पुस । बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्न छुटेका चारमध्ये दुई सांसदले शुक्रबार शपथ ग्रहण गरेका छन् ।
माओवादी केन्द्रका महिन्द्र राय यादव र रामकुमार राईले सांसदको शपथ ग्रहण गरेका हुन् ।
उनीहरूलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले संघीय संसद् सचिवालय सिंहदरबारमा शपथ गराएका छन् ।
उपत्यका बाहिर रहेका यादव र राई बिहीबार मौसम खराबका कारण हवाई उडान ढिलो हुँदा शपथ ग्रहण समारोहमा सहभागी हुन सकेका थिएनन् ।
एकीकृत समाजवादीका प्रेमबहादुर आले र नेपाली कांग्रेसकी माया राई पनि शपथ ग्रहण समारोहमा छुटेका थिए । आले पारिवारिक शोकमा छन् भने राई सुत्केरी भएकाले अस्पतालमा भर्ना भएकी छन् ।
संसद् सचिवालयका अनुसार उनीहरूले आफ्नो अनुकूलतामा शपथ लिन सक्नेछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


