प्रचण्डलाई ओलीको प्रस्ताव : प्रधानमन्त्रीका लागि तपाईं तयार रहनुस्

काठमाडौं, ७ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीका लागि तयार रहन प्रस्ताव गरेका छन् ।
संसद् भवन परिसरमा बिहीबार भएको छोटो कुराकानीमा ओलीले सत्ता सहकार्यका लागि प्रस्ताव गरेको स्रोतले जनाएको छ ।
संसद भवनमा ओली र प्रचण्ड एउटै सोफामा बसेका थिए । सो क्रममा दुई नेताबीच संक्षिप्त कुराकानी भएको र ओलीले प्रचण्डलाई ’तयार हुनुस्’ भनेको स्रोतको दाबी छ ।
प्रचण्डनिकट स्रोतका अनुसार जवाफमा प्रचण्डले आनाकानी गर्दै तयार हुँदैछु भन्ने जवाफ फर्काएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


