सांसद किरणकुमार साहले संस्कृत भाषामा लिए शपथ

काठमाडौं, ७ पुस । प्रतिनिधिसभाका सांसद किरणकुमार साहले संस्कृत भाषामा शपथ लिएका छन् ।
संघीय संसद सचिवालयले सांसदहरूलाई आफ्नो मातृभाषामा शपथ लिने व्यवस्था गरेबमोजिम साहले संस्कृत भाषामा शपथ लिएका हुन् ।
साह रौतहट क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका विजयी भएका हुन् । उनली आफ्ना निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका मोहम्मद फिरदोस आलमलाई झण्डै साढे चार हजार मतले हराउँदै विजयी भएका थिए ।
फिरदोस आलम कांग्रेस नेता अफताव आलमका छोरा हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


