काठमाडौं, ७ पुस । पहिलो संस्करणको नेपाल टी–२० लिग निर्धारित मितिमा सुरु नहुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरिरहेको प्रतियोगिता शुक्रबारबाट सुरु हुने पूर्वनिर्धारित तालिका थियो । तर, लिग सञ्चालनको आवश्यक तयारी पूरा नगरेका कारण फेरि प्रतियोगिता सरेको हो ।

चतुरबहादुर चन्दले खेलाडीको श्रम स्वीकृति प्रक्रिया ढिला, आवश्यक तयारीको कमी भएकाले प्रतियोगिता केही दिन पर सरेको क्यानले जनाएको छ ।

६ फ्रेन्चाइज टिमको सहभागितामा हुन लागेको लिग तेस्रोपटक सरेको हो ।