विङ्गर र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु

जनकपुरधाम, ७ पुस । धनुषामा विङ्गर र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको शहीदनगर नगरपालिका–५ धवौली बस्ने २० वर्षीय अरुण मण्डल र २५ वर्षीय ज्ञानी मण्डल रहेको प्रहरीले जनाएको छ । उनीहरु दुवैजना मोटरसाइकलमा सवार थिए ।
बुधबार साँझ ७ बजेको समयमा धनुषाको सबैला नगरपालिका–१० सिमरारी र शहीदनगर नगरपालिकाको हौवाहीको बीच खण्डमा ना.५ ज.८४४० नम्बरको विङ्गर र ज. ११ प ५४७३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।
एक युवकको घटनास्थलमै र अर्काको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
मृतक दुवैजनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


