काठमाडौं, ६ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा अध्यक्ष महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् ।

लोसपाबाट निर्वाचित चारजना सांसद र केन्द्रीय नेताहरुसहितको बुधबार काठमाडौंमा बसेको बैठकले ठाकुरलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको हो ।

मंसिर ४ को निर्वाचनमा लोसपाले प्रतिनिधिसभातर्फ प्रत्यक्षबाट चार सिट मात्रै जितेको छ । तर, उसले समानुपातिकतर्फ ३ प्रतिशत थ्रेस होल्ड कटाउन नसकेपछि राष्ट्रिय पार्टी बन्न असफल रह्यो ।

लोसपाले सत्ता गठबन्धनबाट चुनावी प्रतिस्पर्धा गरेको थियो । यसअघि नै यो पार्टीले सत्ता गठबन्धनमा रहेर सरकारमा जाने निर्णय गरिसकेको छ ।