राणाले बिहीबारका लागि सर्वदलीय बैठक बोलाए

काठमाडौं, ६ पुस । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले बिहीबारका लागि सर्वदलीय बैठक बोलाएका छन् ।
राणाले सांसदहरूको शपथअघि संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिलाई भोलि १२ बजे सर्वदलीय बैठकमा बोलाएका हुन् ।
बैठकमा १२ दलका प्रतिनिधि र स्वतन्त्र सांसदलाई बोलाइएको छ । सो बैठकमा शपथसम्बन्धी कार्यक्रमको जानकारी गराइनेछ ।
सांसदको शपथ समय दिउँसो १ बजे तोकिएको छ । शपथलगत्तै संसदको पहिलो बैठक संघीय संसद भवनमा बस्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


