काठमाडौं, ६ पुस । नेपालका लागि चिनियाँ राजदूतमा नियुक्त भएका चेन सोङ पुस १२ गते काठमाडौं आउने भएका छन् ।

चिनियाँ राजदूत होउ यान्छी कार्यकाल सकेर फर्किएपछि बेइजिङले नेपालमा नयाँ राजदूत पठाएको हो । नेपाल आएर उनी केही दिन क्वारेन्टीनमा बस्नेछन् ।

बेइजिङस्थित विदेश मन्त्रालयले नेपालका लागि चिनियाँ राजदूतमा छन् सोङलाई नियुक्त गरेको थियो । उनी एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन् ।