ज्येष्ठ सदस्य जबराले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, ६ पुस । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनलाई बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने प्रचलन छ । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपति कार्यालबाट शपथ लिनुपर्ने प्रावधान अनुसार जबराले शपथ लिएका छन् ।
प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले भने बिहीबार दिउँसो १ बजे शपथ लिनेछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


