माओवादीले बिहीबार संसदीय दलको नेता चयन गर्ने

काठमाडौं, ६ पुस । नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता चयन गर्ने भएको छ ।
सांसद रेखा शर्माले माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित जस्तै रहेको बताइन् ।
पार्टीमा दलको नेता दाबी गर्ने अर्को नेता नभएकाले उनी नै चयन हुने प्रवल सम्भावना रहेको उनले बताइन् ।
प्रतिनिधिसभामा माओवादीको प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरी कुल ३२ जना सांसद छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


