सवारी दुर्घटनामा परी एक बालकको मृत्यु

कैलाली, ६ पुस । कैलालीमा सवारी दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन् ।
बुधबार बिहान जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरमा टिपरले अटोलाई ठक्कर दिँदा अटोमा सवार पेन्टी ठकुल्लाका ३ वर्षीय छोरा भरतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनीहरू सवार सुपप ०१००१ ह ४९१८ नम्बर अटोलाई विपरीत दिशाबाट आइरहेको सुपप्र–०१–००१ क २०२० नम्बर टिपरले पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत लालपुरमा ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार दुर्घटनाबाट गम्भीर घाइते भएका भरतको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
टाउको र हातमा चोट लागेका पेन्टीको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


